सिंहदरबारबाट हराएको श्रम मन्त्रालयको गाडी भेटियो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हराएको स्कारपियाे गाडी पत्राचार गरको एक दिनमै भेटिएको छ ।

मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो ।

गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव डण्डुराज घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

श्रम मन्त्रालयले हराइरहेको उक्त गाडी खोजी गरिदिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।

गृह मन्त्रालयले असार १५ गते पत्राचार गरेकोमा त्यसको एक दिनमा नै गाडी भेटिएको जानकारी आफुलाई आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक ‍‍‌(एसपी) दिपक गिरीले नेपाल प्रेससँग बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *