चन्द्रागिरी हिल्समा वाणिज्य विभागको अनुगमन, २ लाख ९० हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्रागिरी हिल्स लिमिटेडलाई २ लाख ९० हजार जरिवाना गराएको छ ।

विभागको टोलीले शुक्रबार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को ‘ङ’ बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को उपदफा १ (ख) बमोजिम २ लाख ९० हजार जरिवाना गरेको हो ।

अनुगमनका क्रममा रियान्स टे«ेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागका उपस्थित हुन निर्देशन दिएको छ । थप ४ वटा व्यवसाय तथा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *