एससीटीले ल्यायो स्मार्ट जुलाई अफर: बिगमार्टमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा छुट !

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा SCT-UPI कार्ड प्रयोगकर्ताहरूका लागि Smart july अफर ल्याएको छ ।

जुलाई १, २०२५ देखि सुरु भएको यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरी छुट प्राप्त गर्नेछन् । यो छुट पाउँन SCT-UPI कार्ड प्रयोग गरी POS मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ । SCT ले यस अघि बिगमार्टमै SCT Smart Wednesday अफर दिँदै आएको थियो जसमा SCT-UPI कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार SCT-UPI कार्डबाट भुक्तानी गर्दा १०% छुट पाउनु हुन्थ्यो । सो अफर अगस्टको पहिलो बुधबार देखि पूर्ण सुचारु हुनेछ । यो छुट SCT को सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका SCT-UPI कार्ड प्रयोगकर्ताहरूले पाउनु हुनेछ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । यस अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *