एमालेबारे माधव नेपाल- अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले सङ्कटग्रस्त अवस्थामा रहेको दाबी गरेका छन् ।

पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गदै एमालेभित्र अन्तरसंघर्ष चर्किरहेको बताए ।

उनले भने, ‘अब त्यसको भविष्य के हुने हो ? त्यति सजिलै गरी भन्न सकिने अवस्था छैन । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने र दक्षिणपन्थी अवसरवादमा चुर्लुम्म डुब्ने प्रवृत्ति बोकेकाहरूलाई परास्त गर्नुपर्छ ।’

उनले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको बताए । उनले थपे, ‘सरकारले जनचाहनालाई सम्बोधन गर्न सकेको छैन । त्यसैले यो सरकारले जनताको विश्वास जित्न सक्दैन, कुनै परिणाम दिन पनि सक्दैन। त्यसैले यो सरकार जनविरोधी हो, यो सरकारलाई साथ दिन सकिँदैन । यो सरकारको पतन आवश्यक छ ।’

 

 

Comments

4 responses to “एमालेबारे माधव नेपाल- अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    सरकारी जग्गा बेचेर पैसा खानेहरू कुर्लिएको सुहाएन ।

    1. bharat kumar thapa Avatar

      नेकपा एमालेमा हामी जस्ता कार्याकर्ताले बनाएको कमरेड दिउँसो सपना नदेख्नुस बरू आत्माआलोचना सहित पुन तपाईंको झुन्ड ( नेकपा एस पार्टी नामको समुह) विलय गराउनुस् हामी नेता मानौला
      नत्र रामराम

  2. bharat kumar thapa Avatar

    नेकपा एमालेमा हामी जस्ता कार्याकर्ताले बनाएको कमरेड दिउँसो सपना नदेख्नुस बरू आत्माआलोचना सहित पुन तपाईंको झुन्ड ( नेकपा एस पार्टी नामको समुह) विलय गराउनुस् हामी नेता मानौला
    नत्र रामराम

  3. LEKH NATH Avatar
    LEKH NATH

    ५ बर्षमा पार्टी कस्तो बनाउनुपर्ने रहेछ त्यो पनि देखियो।
    केपी वलीको विरोधले एमालॆ टसमस हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *