अनेरास्ववियूका अध्यक्ष श्रेष्ठको झाँक्रीलक्षित टिप्पणी- पार्टीमा बसेर पार्टीकै खोइरो खन्नेलाई कारबाही गर्नुपर्छ (भिडिओ)

काठमाडौं । अनेरास्वयूका अध्यक्ष महेश श्रेष्ठले पार्टी र संगठनभित्र बसेर विरोध गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन्।

पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र सङ्गठनमा समानान्तर कमिटी घोषणा गरेका नरेश न्यौपानेलाई लक्षित गर्दै कारबाही गर्ने बताए।

उनले भने, ‘पार्टी र सङ्गठनलाई अनिर्णयको बन्दी बनाउने, पार्टी र सङ्गठनभित्र पनि अनि पार्टीकै खोइरो खन्ने ? अनि आफू पपुलिस्ट हुने नाममा अन्टसन्ट बोल्ने नेता कार्यकर्तामाथि पार्टीले शुद्धीकरण अभियान चलाउनुपर्छ।’

उनले अनेरास्ववियूको छुट्टै विधि र विधान भए पनि पार्टीसँग पनि सँगै जोडिएर हिँड्नुपर्ने बताए।

Comments

One response to “अनेरास्ववियूका अध्यक्ष श्रेष्ठको झाँक्रीलक्षित टिप्पणी- पार्टीमा बसेर पार्टीकै खोइरो खन्नेलाई कारबाही गर्नुपर्छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यति भनेपछि खाएको पच्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *