असोजमा पावर समिट हुने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले २०८२ साल असोज १–२ गते काठमाडौंमा पावर समिट आयोजना गर्ने भएको छ । जसमा ३० भन्दा बढी देशका लगानीकर्ता, विज्ञ, कूटनीतिज्ञ, बैंक, बीमा कम्पनी, निर्माण व्यवसायी लगायत करिब १ हजार सहभागी हुने अपेक्षा गरिएको छ ।

ऊर्जा व्यापार, हरित ऊर्जा, नेट–जिरो इमिसन, जलवायु सङ्कट, क्षेत्रीय सम्पर्क विस्तार लगायतका विषयमा उच्चस्तरीय नीतिगत बहस हुने समिटले नेपाललाई हरित ऊर्जा हबको रूपमा स्थापित गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

हाल देशभर उत्पादित ३ हजार ६०२ मेगावाट विद्युत् मध्ये २ हजार ९०० मेगावाटभन्दा बढी निजी क्षेत्रबाट आपूर्ति भइरहेको छ । जुन कुल उत्पादनको ८० प्रतिशतभन्दा धेरै हो । पछिल्ला २५ वर्षमा निजी क्षेत्रले करिब १३ खर्ब रुपैयाँ लगानी गरिसकेको छ । आगामी दिनमा थप ५० खर्ब रुपैयाँ लगानी गर्न तम्सिएको छ । हालै मात्र प्रकाशित ऊर्जा विकास मार्गचित्र–२०८१ अनुसार सरकारले आगामी १० वर्षभित्र २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *