मन्त्रीलाई हर्क साम्पाङको पत्र- एडीबीको ऋण चाहिँदैन, खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नगरका लागि छुट्याइएको ४ करोड बजेटप्रति असन्तुष्टि जनाउँदै खानेपानीमन्त्री प्रदीप यादवलाई पत्र पठाएका छन् ।

उनले आगामी बजेटमा ४ करोड सरकारले विनियोजन गरेको जानकारी प्राप्त भएको र बाँकी एडीबीबाट ल्याउने सुन्न र बुझ्नमा आएको भन्दै एडीबीबाट ऋण नलिने लिखित जानकारी गराएका हुन् ।

उपमहानगरपालिकाले पहिले लिएको ऋणसमेत तिर्न बाँकी रहेको भन्दै उनले लेखेका छन्, ‘आफ्नै राष्ट्रिय आन्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला अन्यथा हामी आफैँ खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँछु’, मेयर साङपाङले लेखेका छन् ।

Comments

One response to “मन्त्रीलाई हर्क साम्पाङको पत्र- एडीबीको ऋण चाहिँदैन, खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला”

  1. पूर्ण Avatar
    पूर्ण

    स्वाभिमानी नेताको ईमान्दारी कुरा यस्तो हुन्छ भ्रष्ट र दलाल नेताहरुले ज्ञानको रुपमा ग्रहण गरे अति उत्तम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *