मेटमणिले बुढामगरलाई फेरि दिए २ करोड ७० लाखको चेक, ३१ कठ्ठा जग्गा पनि दिने सहमति

दाङ । नेकपा एसका उपमहासचिव एवं प्रमुख सचेतक मेटमणि चौधरीले चेक अनादरको उजुरी दिने धात बुढामगरलाई फेरि अर्को ठूलो चेक दिएका छन् । गत असार १७ मा उनले दुई करोड ७० लाख रूपैयाँको नयाँ चेक दिएको खुलेको हो ।

मिलापत्र गर्न मेटमणि र बुढामगर असार १७ गते राति जिल्ला प्रहरी कार्यालय पुगेका थिए । प्रहरी स्रोतका अनुसार मेटमणिले साउन मसान्तमा साटिने गरी २ करोड ७० लाखको चेकसहित सोही मुल्य बराबरको ३१ कठ्ठा जग्गा बुढामगरको नाममा पास गरिदिने सहमति गरेका छन् । उक्त सहमतिपछि जाहेरीकर्ताले मुद्दा प्रक्रियाबाट पछि हट्न तयार भएको स्रोतले बतायो ।

बुढामगरले साउन ६ गते सांसद चौधरीविरूद्व ५ करोड ४० लाख रुपैयाँको चेक अनादरको जाहेरी दिएका थिए । तर असार ८ गते उनले जाहेरी फिर्ताका लागि फेरि अर्को पत्र पठाए ।

मेटमणिले यसअघि शहरी विकासमन्त्री भएका बेला ठेक्का मिलाइदिन भन्दै व्यवसायी बुढामगरसँग ५ करोड ४० लाख रूपैयाँ लिएको आरोप लागेको छ । ठेक्का मिलाउन नसकेपछि मेटमणिले उनलाई लगेको पैसा बराबरको चेक दिएको दावी गरिएको छ ।

मेटमणि र बुढामगरबीच मिलापत्र भएको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले पुष्टि गरे ।

‘दुवै पक्ष आएर मुद्दा अघि नबढाउने सहमति गरेर जानुभएको छ,’ एसपी तिमिल्सिनाले नेपाल प्रेससँग भने, ‘के सहमति भएको हो हामीलाई थाहा हुने कुरा भएन ।’

पीडित भनिएका बुढामगरले आफू र मेटमणि बीच कुरा मिलिसकेको भन्दै सहमतिका बारेमा भने खुल्न चाहेनन् ।

Comments

One response to “मेटमणिले बुढामगरलाई फेरि दिए २ करोड ७० लाखको चेक, ३१ कठ्ठा जग्गा पनि दिने सहमति”

  1. kishor shrestha Avatar
    kishor shrestha

    बुढामगरले साउन ६ गते सांसद चौधरीविरूद्व ५ करोड ४० लाख रुपैयाँको चेक अनादरको जाहेरी दिएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *