बुटवल-नारायणगढ सडक खण्डको दुम्कीबासस्थित विनयीखोलामा पक्की पुल आजबाट सञ्चालनमा आउने

रुपन्देही । बुटवल–नारायणगढ सडक खण्डको दुम्कीबासस्थित विनयीखोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा आउने भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा पुल भाँचिँदा धेरै पटक डाइभर्सन बनाएर गाडी सञ्चालन गरे पनि बाढीले बगाउँदै आएको थियो । देशकै मुख्य मार्ग रहेको यो बाटोमा यो पुलका कारण धेरै समस्या आइरहेको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका इन्पेक्टर राजन तिमिल्सेनाले आजदेखि पुलबाट गाडी सञ्चालन गर्ने तयारी भइरहे पनि कति बेलाबाट सञ्चालन गर्ने भन्ने निर्माण कम्पनीमा भर पर्ने जानकारी दिएका छन् ।

यसअघि उक्त पुलमा अधिक भारको कारण क्षति भई सवारी आवागमन बन्द भएको थियो । खोलामा आएको बाढीले असार पहिलो साता ३८ यात्रुसहितको यात्रुवाहक बस बगाएको थियो ।

डाइभर्सन बगाउँदा पूर्वबाट पश्चिम जाने गाडी नारायणगढबाट पोखरा, स्याङ्जा भएर बुटवल आएर पश्चिम जाने गरिरहेका छन् । पश्चिमबाट पूर्व जाने गाडीहरू बुटवल पाल्पाबाट पोखरा र मुग्लिङ हुँदै काठमाडौं गइरहेका छन् ।

बुटवल–नारायणगढ सडक धेरै स्थानमा पक्की भएर बने पनि दाउन्नेको उकालो/ओरालो र विनयीखोलामा पुल समस्या हुँदा धेरै व्यवसायी तथा यात्रुहरूले हैरानी खेपेका छन् ।

सडक आयोजनाले निर्माणको काम थालिएको अवस्थामा छेउको पुल भाँचिएपछि ५ महिनामै यो पुल तयार भएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *