नीति बनाउने बेला नेतृत्वतिर बहस नमोडौं : एमाले प्रचार प्रमुख

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशन नीति र विधि बनाउने थलो भएकोले बहस अन्त नमोड्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

एमालेमा जारी नीति र नेतृत्वको बहसका सन्दर्भमा सामाजिक सञ्जालमार्फत् उनले धारणा सार्वजनिक गरेका हुन् । विधान महाधिवेशनबाट पारित विधिअनुसार राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन हुने उनको प्रष्टोक्ति छ ।

गौतमले लेखेका छन्, `विधान महाधिवेशन : विधि र नीति निर्माण गर्ने थलो हो, नेतृत्व निर्माण गर्ने थलो होइन । पारित विधि र नीतिअनुसार राष्ट्रिय महाधिवेशनवाट तत् अनुरूप नेतृत्व निर्माण गरिनेछ । बहसलाई अन्यत्र नमोडौं ।´

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *