प्रधानमन्त्री ओली नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा

मेड्रिड । स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज मेड्रिड फर्किएका छन्।

प्रधानमन्त्री ओली आज साँझ रेलमार्गबाट मेड्रिड आइपुगेर स्पेनका लागि नेपाली राजदूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा सहभागी भए  ।

प्रधानमन्त्री ओली यही असार १५ गते मेड्रिड हुँदै सेभिल्ला (सेभिया) को सम्मेलनमा पुगेका हुन्। यही असार १४ गते स्पेनका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली यही असार २० गते काठमाडौँ फर्किनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *