मोहन बस्नेतको आक्रोश- गगनजी अरू नेतालाई पनि समात्न लगाउनुस्, अनि तपाईं चाहिँ कहाँ जानुहुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत पार्टी महामन्त्री गगन थापामाथि खनिएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले चर्को आक्रोश पोखेका हुन् ।

बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा भ्रष्टाचारको मुद्दा छ । गगन थापा आफूविरुद्ध खुलेरै लागेको भन्दै उनले संसद्‌मै पनि बोलेको बताए ।

उनले अख्तियारका प्रमुखदेखि कोही पदाधिकारी पनि सग्लो नभएको आरोप लगाए ।

नेता बस्नेतले भने, ‘प्रतिशोधको राजनीति गरे कोही सग्लो बस्दैन । अब यहाँ बढी बोल्यो भन्नुहोला, कसै न कसैले बोल्ने आँट गर्नुपर्छ । यसरी देश चल्दैन, राजनीति चल्दैन, प्रजातन्त्र समाप्त हुन्छ ।’

उनले एमालेसँग गभर्नर र आफूलाई साटेको आरोप लगाए ।

उनले थपे, ‘गभर्नर ठूलो कुरा देशको लागि, म एउटा राजनीतिक कार्यकर्ता हो, मुद्दा लड्छु, गभर्नर र मलाई रोज्नुस् भन्दा गभर्नर रोजिएर स्वार्थ पूरा गर्ने काम भयो ।’

नेता बस्नेतले आफूविरुद्ध मुद्दा चल्दा पार्टीले सहयोग नगरेको भन्दै आक्रोश पोखे ।

उनले थपे, ‘महामन्त्री गगनजी तपाईं अरू नेताहरूलाई पनि समात्न लगाउनुस्, अनि तपाईं चाहिँ कहाँ जानुहुन्छ ?’

उनले आफू स्वास्थ्यमन्त्री हुँदा एक रुपैयाँ पनि हिनामिना नगरी मन्त्रालय चलाएको दाबी गरे ।

आगामी निर्वाचनमा पनि सिन्धुपाल्चोकमा कांग्रेसलाई पहिलो पार्टी बनाएर ल्याउने उनले जिकिर गरे ।

Comments

2 responses to “मोहन बस्नेतको आक्रोश- गगनजी अरू नेतालाई पनि समात्न लगाउनुस्, अनि तपाईं चाहिँ कहाँ जानुहुन्छ ?”

  1. खडेरी Avatar
    खडेरी

    जो चोर उसकै ठुलो स्वर भन्ने उखान यहा लागू हुन्छ।

  2. MR. LAMA Avatar
    MR. LAMA

    congress ma sabai vanta fataha GUNDA haru ko baau ho yo chor Mohan Bdr.

Leave a Reply

Your email address will not be published. Required fields are marked *