रामहरि खतिवडाले भने- विधेयकको प्रतिवेदनमा अक्षम्य अपराध भएको छ, दोषी ठहरिए कारबाही भोग्न तयार छु

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिमा संलग्न नभए पनि आफ्नो नाम जोडिएको विषयमा आपत्ति जनाउँदै स्पष्ट प्रतिक्रिया दिएका छन् । उनले सुरुदेखि नै दुई वर्षको कुलिङ पिरियड राख्नुपर्ने अडानमा रहेको र अहिलेसम्म त्यसमा अडिग रहेको बताए ।

खतिवडाका अनुसार, कानून मन्त्रालयको सचिव र समितिका सचिवको संलग्नतामा विवादास्पद काम भएको महसुस गरेको उनले बताएका छन् । साथै, उनले भने कि ‘१५ गते लोकतन्त्र दिवसको दिन मन्त्रीकोमा खाना खान बोलाइएको थियो, जहाँ सामान्य प्रशासन मन्त्रीलाई प्रतिवेदन बुझाइएको थियो ।’

उनले आफ्नो पक्षमा ‘मलाई ३ गते तानातान पनि गरियो’भने र समितिमा उपदफा ५ मा कसले काम गरेको हो भन्ने विषयमा अस्पष्टता रहेको बताउँदै ‘कोर टीममा कोही पनि छैन’ भने । सभापति खतिवडाले आफ्नो निष्ठा र इमान्दारितामाथि प्रहार भएको आरोप लगाउँदै आफू कुनै पनि बदमासीमा संलग्न नभएको दावी गरे । ‘म जुनसुकै तहको कारवाही भोग्न तयार छु’, उनले भने ।

खतिवडाले छानबिन गर्नुपर्ने र गलत निर्णय गलत रूपमा व्याख्या गरेको आरोपलाई गम्भिर अपराध भनेका छन् । उनले भने तत्कालिन समितिका सदस्य एवम शिक्षामन्त्रीबारे भने, १रघुजी पन्तले विधेयक लागू भइसकेपछि ३५ दिनपछि राखौं भनेका थिए, तर मैले तत्काल लागू हुने प्रस्ताव गरेको थिएँ ।’

सभापतिले आफ्नो राजनीतिमा कसैको निगाहाले नभइ निष्ठा र प्रतिष्ठामा आधारित भएर आएको स्पष्ट पारेका छन् र आफूमाथि निरन्तर आक्रमण भइरहेको भन्दै यस विषयमा संसदीय छानविन समिति बनाएर अनुसन्धान गर्न अनुरोध गरेका छन् ।

 

Comments

One response to “रामहरि खतिवडाले भने- विधेयकको प्रतिवेदनमा अक्षम्य अपराध भएको छ, दोषी ठहरिए कारबाही भोग्न तयार छु”

  1. bipin Avatar
    bipin

    timro nista ta sabai la tha cha Ghadai dai …signature ba ..i see who ever were against Ravi all are one by one coming to bhadkhalo ma ….lol

Leave a Reply

Your email address will not be published. Required fields are marked *