शंकर पोखरेलको निर्देशन- अहिले नेतृत्वको बहस पूर्णत: रोक्नुहोस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत: रोक्न निर्देशन दिएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीको भर्चुअल बैठकमा उनले भने, `राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अव्थामा नेतृत्वको बहस पूर्णत: रोक्नुपर्छ ।´

भदौ २०-२२ गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन महासचिवले निर्देशन दिए ।

जारी बैठकमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई, अध्यक्ष कैलाश ढुंगेललगायत सहभागी छन् । बैठकमा बागमती प्रदेशका जिल्ला अध्यक्षहरूले सदस्यता नवीकरण, नयाँ सदस्यता, टोल कमिटी गठन, पार्टीका अन्य गतिविधिका बारेमा रिपोर्टिङ गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *