लुम्बिनी प्रदेशसभा बैठक प्रारम्भ, बजेटमाथि समूहगत छलफल जारी

रुपन्देही । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको १६ औँ बैठक सुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटका विभिन्न शीर्षकहरूमाथि समूहगत छलफल जारी छ ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा सुझावहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले दिने कार्यसूची रहेको छ ।

‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अन्तर्गतका विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायका शीर्षकहरूमा केन्द्रित रहेर समूहगत छलफल भइरहेको हो ।

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहितका दलका प्रदेशसभा सदस्यहरू सहभागी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *