काठमाडौं । प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकमा भएको त्रुटिका विषयमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनुपस्थित भएका छन् ।
बुधवार समितिको आकस्मिक बैठकमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई आमन्त्रण गरिएको भए पनि उनी अनुपस्थित भएका हुन् ।
सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले आफू अनुपस्थित हुने जानकारी समितिको सभापतिलाई जानकारी गराएको समितिका जानकारी गराएका छन् ।
सामान्य प्रशासनमन्त्री गुप्ताले सञ्चार माध्यममा भने राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूलाई गुमराहटमा राखेर विधेयक प्रतिनिधि सभामा दर्ता गरेको आरोप लगाएका छन् ।
समितिका सदस्य एवं नेकपा (एमाले)का सांसद पदम गिरीले आफूले बैठकबाटै मन्त्रीलाई सम्पर्क गर्दा काठमाडौं बाहिर गइसकेको जानकारी गराएका बताए ।
उनले मन्त्री काठमाडौंबाट हिँडिसकेपछि सभापतिले खबर गरेको तर आफ्नो छोरीको इन्गेजमेन्टका लागि जिल्लातिर गइसकेकाले बैठकमा अनुपस्थित भइसकेको बताएको समितिलाई जानकारी गराए ।

Leave a Reply