नैतिकता गुमाइसकेको सभापतिसँग बैठक बस्न सकिँदैनः राजेन्द्र राई

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले निजामती विधेयकमा समितिले गरेको निर्णयलाई जालझेल गरेर सदस्यको अपमान गरिएको बताएका छन् । समितिको आज डाकिएको आकस्मिक बैठकमा राईले सभापति रामहरि खतिवडाको राजीनामा मागे ।

‘सभापतिज्यू तपाईँले सक्नुभएन । तपाईँले जनप्रतिनिधिको अपमान गर्न पाउनु हुन्न । सचिव एकदमै डाइनामिक हुनुहुन्छ सोचेको थिएँ, तर त्यस्तो देखिएन ? तपाईँ कहाँ चुक्नुभयो ? कहाँ फस्नुभयो ? तपाईँ पनि पद छाडिदिनुहोस् । हेरि हेरि बस्न मिल्छ ? सभापतिज्यूले हाम्रो निर्णयलाई अपमान गर्न मिल्छ ? खुरुक्क राजीनामा दिनुहोस् । उहाँको अध्यक्षतामा कसरी बैठक बस्ने ? उहाँको सभापतित्वमा बैठक बस्न सक्दैनौं । यो नै उपयुक्त निर्णय हुन्छ’, राईले थपे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *