आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न समितिहरूको बैठक आज बस्ने भएको छ ।

बुधवार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र पूर्वाधार विकास समितिको बैठक आज बस्न लागेको हो ।

बिहानको ११ बजे बस्ने अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदा माथि आन्तरिक छलफल गरिने भएको छ ।

आज बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४४औँ बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्य प्रगति र चुनौती तथा आगामी कार्य योजना बारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, सिंहदरबारमा बिहान ११ बजे नै बस्ने भनिएको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूसँग छलफल गरिने कार्यसूची रहेको छ ।

आज महिला तथा सामाजिक मामिला समितिको बैठक दिनको २ बजे बस्दै छ । समितिको कामकारबाही सम्बन्धमा छलफल गरिने बैठकको कार्यसूची रहेको छ ।

प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा मध्य पहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीको पुलको विषयमा छलफल गरिने कार्यसूची रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *