कञ्चनपुरमा जीपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

कैलाली । कञ्चनपुरको बेदकोट नगरपालिका-३ दैजीस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार राति बोलेरो जीपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४-००१ च ००१३ नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट आइरहेको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी स्कुटर चालक कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ गोबरियाका ४० वर्षीय दिपेन्द्र चन्द गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा राति सवा ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *