रूपन्देही । बजेट आएको १६ दिनपछि सुरू लुम्बिनी सभाको बैठक प्रतिपक्षी दलको विरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ ।
बैठक सुरुलगत्तै प्रतिपक्षी सांसदले उठेर विमति जनाएका थिए । बजेट सच्याइनु पर्ने माग राख्दै माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले बैठक स्थगित गर्न माग गरे । सभामुख तुलाराम घर्तीमगरले राजनीतिक समझदारीका लागि भन्दै आधा घण्टाका लागि बैठक स्थगित भएको घोषणा गरे ।
आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने कार्यसूची थियो ।

Leave a Reply