प्रचण्ड भन्छन्- निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् ।

वाईसीएल नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने प्रष्ट्याए । छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने दाहालको भनाइ छ ।

‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । आज तपाईंहरूले संघीय निजामती विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ । यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं ।’

Comments

One response to “प्रचण्ड भन्छन्- निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ”

  1. Mania Thompson Avatar
    Mania Thompson

    तैंले १७००० नेपाली मर्ने र मार्नेम चाहिँ कसले कार्यवाही गर्ने, ए ज्यानमारा।जवाफ दे।दिन सक्छस?साले, ज्यानमारा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *