अर्घाखाँचीमा दुई युवतीबीच विवाह, वडा कार्यालयले गर्‍यो दर्ता

रूपन्देही । अर्घाखाँचीमा दुई युवतीले बिहे गरेका छन् । विवाहपछि जोडीले ‘समलिंगी विवाह दर्ता’ गराएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी फूलमाया (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी निरमाया (नाम परिवर्तन) ले यही २०८२ जेठ १८ गते विवाह गरेका थिए । अर्घाखाँचीको एक वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो । २३ वर्षीया फूलमाया र २० वर्षीया निरमाया आवश्यक कागजातसहित बिहे दर्ताका लागि कार्यालय आएको वडासचिवले बताए ।

‘सुरूमा अन्यौलताजस्तै भयो । सम्बन्धित ठाउँमा सोधपुछपछि विवाह दर्ताको प्रमाणपत्र दियौं’, ती सचिवले नेपाल प्रेससँग भने ।

विवाह दर्तामा अर्घाखाँचीकी फूलमायालाई ‘दुलहा’ र कपिलवस्तुकी निरमायालाई ‘दुलही’ उल्लेख गरिएको छ । पछिल्लो डेढ वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए ।

पछिल्लो समय नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएसँगै यो क्रम बढेको छ ।

Comments

2 responses to “अर्घाखाँचीमा दुई युवतीबीच विवाह, वडा कार्यालयले गर्‍यो दर्ता”

  1. bharat kumar thapa Avatar

    प्रकृति विरूद्ध हो कि उनीहरू थर्ड जेन्डर हुनुपर्छ नत्र यो सामाजिक विकृति हो

  2. Bidur Adhikari Avatar
    Bidur Adhikari

    This is a slippery slope, a downward move….same sex relationship is not marriage…

Leave a Reply

Your email address will not be published. Required fields are marked *