काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखहरूसँग छलफल गरेका छन् ।
आज पार्टी अन्तर्गतका विभिन्न केन्द्रीय विभागका प्रमुखहरूसँग विभागीय गतिविधिबारे छलफल गरेका हुन् ।
अध्यक्षले लिङ्देनले पार्टीको योजना, विभागले गर्नुपर्ने कामहरू लगायतका विविध विषयमा छलफल गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
उनले भने, ‘उहाँहरूसँग पार्टीको विभागीय गतिविधि, अभियान र आगामी योजनाबारे छलफल गर्नुभयो । साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्नुभयो ।’
राप्रपासहित राजावादीहरूले थालेको राजसंस्था फर्काउने आन्दोलन अहिले सेलाएको छ । बैठकमा त्यसबारेमा पनि छलफल भएको जनाइएको छ ।

Leave a Reply