विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा पत्र पठाउँदै

काठमाडौं । १० वर्षपछि नेकपा एमालेको राजनीतिमा पुनः क्रियाशील भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् ।

पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।

उनले शनिवार सभा गृहबाटै सो घोषणा गर्ने भनिए पनि स्टन्टबाजी नगर्ने भन्दै गृह मन्त्रालयलाई पत्र पठाएर फिर्ता गर्न लागिएको निकट स्रोतले जनाएको छ ।

भण्डारीनिकट स्रोतले भन्यो- धेरै नेता कार्यकर्ताले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने क्रममा सेवा सुविधा फिर्ताको जानकारी पनि गराउन भनेका थिए । तर उहाँले त्यो सस्तो प्रचार र स्टन्टबाजी हुने भन्दै सरकारको सम्बन्धित निकायलाई पत्र पठाएर फिर्ता गर्ने चाहना राखेकाले सोही अनुसारको प्रक्रिया अघि बढेको छ ।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत छन् ।

त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ । त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहले जनाएको छ ।

Comments

2 responses to “विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा पत्र पठाउँदै”

  1. ksp pyl Avatar
    ksp pyl

    अब यिनलाई पूर्व राष्ट्रपति पनि नभनौं किनकी दलको झोलेलाई पूर्व राष्ट्रपति भनेर त्यो पदको गरिमा घटाउनु हुँदैन । अब एक मात्र पूर्व राष्ट्रपति रामवरण यादव हुन् ।हैसियत नभएकालाई एमालेले राष्ट्रपति बनाएछ । पदको गरिमा राख्न नसक्नेलाई पद दिएर के गर्नु ? यिनी एमालेको उच्च पदमा पुगेमा एमाले पार्टीले अनुचित काम गर्छ । त्यसैले यिनलाई एमालेको साधारण सदस्यमा डल्लाईदेउ ओलि । यस्तालाई सबक पनि सिकाउनु पर्छ क्या । यिनका पछि लाग्ने पनि त्यस्तै छन् । पश्चिमको एउटा कान्छी श्रीमतीलाई ओलिले न्यायाधिश बनाईदिएनन भनेर रिसाएर यिनको पछि लागेको छ । पैसा नखाए पनि मुख सम्हाल्न नसक्ने काभ्रेको एउटा पछि लाग्न सक्छ । काण्डैकाण्डको सूत्रधार काठमाडौंको एउटाले त घोषणा नै गर्यो ।हो यस्तै हुन पछि लाग्ने । निलम्बन फुकुवा गरेपछिका पनि यतै लाग्लान । तर समग्रमा एमालेका नेता कार्यकर्ताले यो कुरालाई नकारात्मक रूपमा लिएका छन् । यिनले पतनको बाटो रोजिन् । क्षमता केही छैन । ओलिको निगाहले अहिलेसम्म पदमा पुगेको हो । माओवादी, काँग्रेस, भारत सबैका चुनौति सामना गरेर देश विकास समेत गर्ने हैसियत यिनमा छ ? छैन । नेपालमा अहिले नेता भनेकै ओलि मात्र हुन् । ओलिले चाहेसम्म पार्टी प्रमुख बनाउने नियम बनाउनुपर्छ ।ओलिजस्तो नेता पाउनु नेपालीको ठूलो भाग्य हो ।विदेशीले हेप्न सक्दैनन हामीलाई । समृद्वि, स्वाभिमानका नायक हुन् ओलि ।

  2. Ramesh paudel Avatar
    Ramesh paudel

    अत्यन्त राम्रो निर्णय सम्माननीय ज्यू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *