विचार, सिद्धान्त, त्याग, समर्पण, बलिदान र निरन्तर योगदानले मान्छेले चाहेको पद प्राप्त गर्नसक्छ । देशको सर्वोच्च पद राष्ट्रपति हो । कार्यकारी राष्ट्रपतिभन्दा आलङ्कारी (संवैधानिक) राष्ट्रपति कम विवादित हुन्छन् । मान्छे सबै कुराले साथ दियो भने मनले चाहेको पद प्राप्त गर्नसक्छ । त्यस्तो सम्मानित पद एमाले उपाध्यक्ष विद्या भण्डारीले प्राप्त गर्नुभयो । त्यो पनि एक पटक होइन, दुईदुई पटक ।
सामान्य विद्यार्थी राजनीतिको सिँढी चढ्दै गरेकी विद्या पाण्डे भूमिगत कालमै मदन भण्डारीसँगै विवाह बन्धनमा बाँधिएपछि सृष्टि निरन्तरता र श्रीमानको राजनीतिलाई सहयोगी बनेर गृहिणीको जीवन जिउँदै हुनुहुन्थ्यो । २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमयी जीप दुर्घटनामा काठमाडौं क्षेत्र नं. १ का सांसद मदन भण्डारीको मृत्युपछि एमालेले विद्या भण्डारीलाई रिक्त स्थानमा उपनिर्वाचन लडायो । जनताको सहानुभूति प्राप्त गर्न सेतो पहिरनमै विद्यालाई मैदानमा उतार्यो ।
उपनिर्वाचनमा सत्तारुढ दल कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई श्रीमान मदनले जस्तै अझै फराकिलो मतान्तरले हराउँदै जित निकाल्नुभयो । उहाँले एमालेभित्र रिक्त मदनको ठाउँ लिने परिस्थिति निर्माण हुँदै गयो । पछिल्ला हरेक निर्वाचनमा टिकट पाउँदै र पार्टीको जनवर्गीय सङ्गठन महिला संघको केन्द्रीय अध्यक्ष हुने बेलासम्म उहाँले विभिन्न मन्त्रालयको जिम्मेवारी प्राप्त गर्दै रक्षामन्त्रीसम्म हुने अवसर प्राप्त गर्नुभयो ।
महिला आन्दोलनमा छोरीलाई पनि छोराले जस्तै पैतृक सम्पत्तिमा हक लाग्ने कानूनदेखि महिला सशक्तीकरणमा महिला आन्दोलनलाई अगाडि बढाउने कामको नेतृत्व विद्याले नै पार लगाउनुभएको थियो । २०५० साल मङ्सिरदेखि २०७९ माघसम्म भण्डारीलाई पछाडि फर्कनुपरेको थिएन । दुई पटक राष्ट्रपतिको अवसर प्राप्त गर्नुभयो, जुन अवसर मुलुकका अन्य नागरिकहरूले कमैमात्र पाउँछन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिको शुरुदेखि नै साथ र सहयोग गरेको कारण र जबजका प्रणेता मदन भण्डारीको धर्मपत्नी भएको कारण पनि एमाले पंक्तिले दोहोर्याएर राष्ट्रपति हुँदा पनि कसैबाट पार्टी निर्णयको विरोध भएन ।
महिला आन्दोलनमा छोरीलाई पनि छोराले जस्तै पैतृक सम्पत्तिमा हक लाग्ने कानूनदेखि महिला सशक्तीकरणमा महिला आन्दोलनलाई अगाडि बढाउने कामको नेतृत्व विद्याले नै पार लगाउनुभएको थियो । २०५० साल मङ्सिरदेखि २०७९ माघसम्म भण्डारीलाई पछाडि फर्कनुपरेको थिएन ।
कार्यकारी प्रधानमन्त्री भैसकेका झलनाथ खनालको राष्ट्रपति पदमा देखिएको आशक्तिका कारण विद्या भण्डारी दोहोरिँदा पनि खासै विरोध भएन । भण्डारीले आफ्नो कार्यकालमा संसारले थाहा पाउने गरी गरेको नागरिकता विधेयकमा देखाएको दूरदर्शिताको जति खुलेर प्रशंसा गरे पनि कमै हुन्छ । अन्य काम त संवैधानिक राष्ट्रपति आलङ्कारी पदमात्र भएकाले खासै गाली खानुपर्ने हुँदैन ।
निवर्तमान हुँदा नै राजनीतिमा आफ्नो पुनरागमन हुने योजनाका कारण हुनसक्छ उहाँले पूर्वराष्ट्रपतिको हिसाबले कुनै सुविधा नलिने घोषणा गरेर हालसम्म आर्थिक सुविधा नलिएको रहेछ, तर राज्यले नै जबरजस्ती सुरक्षाको लागि भने राष्ट्रकै प्रतिष्ठाका कारण न्यूनतम गार्ड पठाइएको रहेछ । शनिबार सभागृहमा आयोजित मदन भण्डारीको ७४औं जन्म जयन्तीको अवसरमा छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनको कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा बोल्दा आफूले दुई वर्षदेखि काम नपाएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो- ‘म दुई वर्षदेखि खालीमात्र रहेको छु । पार्टीभित्र कुनै विशिष्ट पद माग गरेकी छैन ।’ उहाँको पार्टी सदस्यता नवीकरण गर्दै सक्रिय हुने कुरा सुन्दा राम्रै होला भन्ने लाग्नसक्छ । हिजो केपी ओलीले विद्यालाई हरेक सवालमा अघि सार्दा उनीहरूको चरम आलोचना गर्नेहरू नै आज एमालेभित्र ओलीको विकल्प नयाँ पुस्ता होइन, विद्यामार्फत टक्कर दिलाउन लागिपरेका छन् ।
राष्ट्रको संवैधानिक राष्ट्रपति भैसकेका मान्छे राजनीतिमा सरिक हुँदा हिजो एक प्रकारको उच्च पद र सम्मान हुँदाहुँदै रिटायर्ड हुँदा राम्रो हुनुहुन्थ्यो, तर पुनः सक्रिय हुने चाहनाभित्र गणतन्त्रविरोधीहरूलाई एउटा राम्रो बहाना मिल्नेछ र उनीहरूले भन्नेछन्- ‘गणतन्त्रको सर्वोच्च पद निष्पक्ष हुँदैन ।’ भोलि राष्ट्रपति छोडेर त्यही पार्टीको राजनीतिमा त्यही पार्टीको सभापति वा कार्यकर्ता हुन पर्दाको बखत आफ्नै पार्टीतिर ढल्कनुपर्ने बाध्यता हुन्छ । विपक्षीलाई अन्याय नै नभएको भए पनि हेड अफ चिफले मलाई अन्याय गर्यो कि भन्ने भान हुन्छ र गणतन्त्रमा भेदभाव हुन्छ भन्ने प्रश्नले प्रशस्त ठाउँ पाउँछ ।
राष्ट्रको संवैधानिक राष्ट्रपति भैसकेका मान्छे राजनीतिमा सरिक हुँदा हिजो एक प्रकारको उच्च पद र सम्मान हुँदाहुँदै रिटायर्ड हुँदा राम्रो हुनुहुन्थ्यो, तर पुनः सक्रिय हुने चाहनाभित्र गणतन्त्रविरोधीहरूलाई एउटा राम्रो बहाना मिल्नेछ र उनीहरूले भन्नेछन्- ‘गणतन्त्रको सर्वोच्च पद निष्पक्ष हुँदैन ।’
जीर्ण शरीर भए पनि जालझेल षड्यन्त्रमार्फत सम्भावना रहुञ्जेल, आफू नमरुञ्जेल सत्ता विमुख हुन नचाहने नेपालको विगतदेखि कै ठूलो रोग हो । विद्या भण्डारीले श्रीमानको जन्म जयन्ती समारोहकै दिन पारेर आफू राजनीतिमा पुनः आउन पार्टी सदस्यता नवीकरण भैसकेको घोषणा गर्नुभएपछि देश तरङ्गित भएको छ । नेपालका नेताहरूमा अचम्मकै रोग यो छ कि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी सत्ता सम्हालेको ४१ वर्ष भयो र प्रधानमन्त्री तीन पटक हुनुभयो । कांग्रेस सभापति शेरबहादुर देउवा उमेरले ७८ वर्ष हुनुभयो । ५ पटक प्रधानमन्त्री भैसक्नुभएको छ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ८२ वर्षको उमेरमा समेत पछिल्लो पटकसहित ६ पटक प्रधानमन्त्री हुनुभयो । सत्ता छोडेकै एकाध वर्षमा स्वर्गबासी हुनुभयो ।
विक्रम संवत् २०२० मा प्रधानमन्त्री भएका सूर्यबहादुर थापा ६ पटक प्रधानमन्त्री हुँदै बहुदलीय व्यवस्थामा २०५३ सालमा समेत प्रधानमन्त्री हुनुभयो । लोकेन्द्रबहादुर चन्द ८९ वर्षको हुँदैगर्दा राजालाई फर्काउन सकिने हो भने फेरि ज्ञानेन्द्र सरकारको निगाहा प्राप्त हुने आशामा छन् । ठूला पार्टीको कुरै छोडौं, मसालका अध्यक्ष मोहनविक्रम सिंह ५० वर्षदेखि पार्टी सत्ताकै नेतृत्वमा हुनुहुन्छ । आखिर किन छोड्न चाहन्नन् पार्टी सत्ता र शक्तिको मोह नेताहरूले ?
त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक प्रा. डा. मोतीलाल भुसाल भन्नुहुन्छ- ‘एक पटक सत्तामा पुगेपछि प्राप्त गरेको खानपान, शानशौकत, सुखसुविधा, सभ्रान्त वर्गहरूको उठबसले उनीहरूमा के भ्रम पर्दछ भने यो सबै मैले अघिल्लो जुनीमा र मेरा पुर्खाहरूले गरेको असल कामले प्राप्त गरेको हुँ वा मैले गरेका असल कामको एकलौटी फल हो भन्नेमात्र बुझ्छन् । संसारलाई के भ्रम दिन सफल हुन्छन कि सत्ताको रसायन निरन्तर यिनीहरूलाई मात्र प्राप्त छ ।’
सम्भव छ त विद्या भण्डारीको आगमन र केपी ओलीको बहिर्गमन ?
एमालेमा केही महिनायता विद्या भण्डारी सक्रिय राजनीतिमा ल्याउने भन्ने हल्ला चल्न थालेको थियो । विद्या भण्डारीको चीन भ्रमण, भ्रमण टोलीमा छानिएका एमाले नेताहरू र भ्रमणबाट फर्केपछि भन्डारीको जिल्ला दौडाहामा बोलिएका कुराहरूले एमाले वृत्तमात्र होइन, सिङ्गो देश तरङ्र्गित थियो । अझ केही दिनअघि भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच वान टु वान वार्ताको कुरा बाहिर जे-जसरी आएको थियो, सोही कुरालाई पुष्टि हुने गरी पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष ईश्वर पोख्रेलको भनाइले पुष्टि गरेको छ ।
एमालेमा संकट ल्याउने नै उपल्लो तह हो किन नभन्ने ? विभिन्न स्रोतहरू भन्दैछन् कि विधान महाधिवेशनमै दुई कार्यकाल र ७० वर्षे उमेरको हदबन्दी लगाउन सकिने हो भने आगामी महाधिवेशनमा ओलीलाई रोक्न सकिन्छ ।
पोख्रेल भन्नुहुन्छ- विद्या भण्डारी राजनीतिमा आउने वा नआउने उहाँको कुरा हो, तर म के भन्छु भने प्रतिस्पर्धात्मक र बहुपदीय प्रणालीको एमालेभित्र वर्तमान अध्यक्ष नै प्रणेता हो । बीचमा माओवादी र एमालेको एकता प्रक्रियाले एमालेको जबज अन्यायमा परेको थियो । नेकपाभित्र विचार र दर्शन हाइज्याक भएको थियो । जबजको आत्माले प्रतिस्पर्धालाई जीवन दर्शन मान्छ । त्यसकारण अब एमालेको दर्शन विचार र सिद्धान्तलाई फेरि लिकमा ल्याउन जरुरी छ ।’
‘एमालेको एघारौं महाधिवेशनमा एमाले आफ्ना विचार दर्शन र वादलाई दह्रोसँग पक्डिनसक्ने कार्यकर्ता पक्ति निर्माण भैसकेको छ र यो शक्तिले एमालेलाई यताउति भड्किन दिँदैन’- पोख्रेलको यो भनाइले मञ्चमा रहेकी भण्डारी मुसुक्क हास्नुभएको थियो । प्रधानमन्त्री केपी ओली, पूर्वराष्ट्रपति विद्या भण्डारी र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको विचार राम्ररी बुझ्ने सङ्ख्याले के भनिरहेको छ भने अबको एमाले के कसरी अगाडि बढ्ने हो ? एक प्रकारको चिन्ता थपिएको छ ।
एमाले महाधिवेशन आउन अझै डेढ वर्ष समय छ । पार्टीको विधान अधिवेशन पनि दुई महिनापछि छ । पार्टीको सिङ्गो ध्यान विधान अधिवेशन सम्पन्न गर्नतिर लाग्नुपर्नेमा पार्टीका वरिष्ठ उपाध्यक्ष र राष्ट्रपति भैसकेकी भण्डारीबाट शुरु हुनुलाई बेमौसमी बाजा बजेको किन नभन्ने ? एमालेमा संकट ल्याउने नै उपल्लो तह हो किन नभन्ने ? विभिन्न स्रोतहरू भन्दैछन् कि विधान महाधिवेशनमै दुई कार्यकाल र ७० वर्षे उमेरको हदबन्दी लगाउन सकिने हो भने आगामी महाधिवेशनमा ओलीलाई रोक्न सकिन्छ ।
ओलीलाई किन रोक्ने ?
एमाले अध्यक्ष केपी ओलि रहुञ्जेल एमालेमा बारम्बार अवसर प्राप्त गर्नेहरू निराशाको स्थितिमा छन् । नयाँ मान्छे मन्त्री हुने ? हामीले बनाइदिएको पार्टीमा युवा र नयाँहरूले अवसर प्राप्त गर्ने ? हाम्रो केही योगदान छैन ? हामी हेरेर बस्ने ? त्यसकारण ओलीलाई देखाइदिन पनि विकल्प खोज्ने नाममा एमालेभित्र भाँडभैलो पार्न उद्यत ठूलो समूह पार्टीभित्र र बाहिर जताततै छन् । ओलीलाई मन नपर्ने ठूलो पंक्ति एमालेभित्रै छ ।
ओलीलाई देखाइदिन पनि विकल्प खोज्ने नाममा एमालेभित्र भाँडभैलो पार्न उद्यत ठूलो समूह पार्टीभित्र र बाहिर जताततै छन् । ओलीलाई मन नपर्ने ठूलो पंक्ति एमालेभित्रै छ ।
माधव नेपाल, झलनाथ र वामदेवहरूले एमाले फुटिसकेको पार्टीको विरुद्ध देशभरिका शक्तिहरूले गठबन्धन गरेर लड्दा पनि एमाले समानुपातिक सीटको हिसाबले ठूलो पार्टी र संसदको पहिलो पार्टीभन्दा केही थोरै सीट ल्याएर शक्तिशाली भैरह्यो । यो देखेका देशभरिका पार्टीहरू अब एमालेलाई कमजोर बनाउन केपी ओलीको विकल्प खोज्नैपर्ने स्थितिमा पुगेका थिए । दक्षिण छिमेकी पनि ओलीलाई चाहन्न । पश्चिमाहरू पनि चीनलाई कमजोर बनाउन नेपाललाई आफू अनुकूलको राजनीतिक सत्ता स्थापना गर्न स्वाधीन स्वाभिमान गिरेको राजनीतिक पार्टीबाट लाभ लिन एमालेबाट सम्भव छैन ।
अझ ओलीले स्वाधीन अर्थतन्त्र निर्माण गर्न दैलेखको ग्यास भण्डार र धुवादीको फलाम खानी निकाल्ने तयारीप्रति ठ्याक्कै रुचि नभएका शक्तिले यो काम फत्ते हुन नदिन नेपालको राजनीतिमा थुप्रै लगानी गर्ने योजनामा थिए । नेपालको सन्दर्भमा अझै ओली आवश्यक छ । अहिले नेपालको राजनीतिमा यस्तो अवस्था आइसकेको छैन कि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीविनै जहाज डुब्नेवाला छ । केही विशेष परिस्थिति सिर्जना भएमा हुनसक्छ, मुलुकको आवश्यकता, राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेष परिस्थिति आदिलाई हेर्दा एउटा आदर्श व्यक्तित्व आवश्यक देखिनसक्छ । तथापि अवस्था त्यस्तो पनि छैन ।
विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनरागमन गर्नु व्यक्तिगत स्वतन्त्रताको विषय हुनसक्छ, तर यसले वर्तमान अवस्था केवल पदको लोभमा आधारित जस्तो देखाएको छ । सबैभन्दा ठूलो प्रश्न भनेको नैतिकताको हो । र, त्यसको खडेरी अहिले पनि यथावत छ । यदि उहाँले अभिभावकको भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्नुहुन्न भने अन्य किसिमको कुनै सक्रियता देखाउनुको औचित्य देखिँदैन ।
विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनरागमन गर्नु व्यक्तिगत स्वतन्त्रताको विषय हुनसक्छ, तर यसले वर्तमान अवस्था केवल पदको लोभमा आधारित जस्तो देखाएको छ ।
मदन भण्डारी फाउन्डेसनले आफ्नो सक्रियता बढाउँदै गर्दा २०६५-२०७१ सम्म यो फाउन्डेसन एमालेभित्रको गुटबन्दीको काम गर्ने संस्था हो भनेर आरोप लाग्ने गर्थ्यो । फाउन्डेसनको केन्द्र, जिल्ला र प्रवासमा गठन भएका शाखाहरूमा एमाले संस्थापन पक्षको विरुद्धमा समानान्तर गतिविधी गरेको भन्ने पार्टीको स्थायी कमिटीमै आरोप-प्रत्यारोप हुने गर्थ्यो र त्यसको नेतृत्व केपी ओलीले गरेको भनिन्थ्यो, तर आज परिस्थिति ठीक फरक देखिएको छ ।
केपी ओलीकै संरक्षण र अभिभावकत्वमा जन्मे-हुर्केको संस्थाको कार्यक्रममै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलिले स्वयम् स्वास्थ्यले साथ दिए अझै एक अवधि पार्टीको अध्यक्ष हाँक्ने इच्छा जाहेर गरेकै अवस्थामा उहाँको उपस्थिति भलै विदेश जाने कारण पूरै समय हुन नसके पनि अध्यक्षको समेत साथ र समर्थनमा हिँड्नुपर्ने मान्छेले जबजको सिद्धान्तको जामा पहिराउँदै नेतृत्वको प्रतिस्पर्धामक विधिको रटान गर्नु हामी जस्ता कार्यकर्तालाई माथिबाटै निराश बनाउनुबाहेक केही होइन ।
कार्यक्रममा भेला भएका व्यक्तित्वहरू, जसका बारेमा केही दिनदेखि मिडियामै चियोचर्चा भएका नेता कार्यकर्ता मात्रको उपस्थितिको बाहुल्य हेर्दा लाग्दै थियो कि ओलीको विकल्प घोषणा गर्ने दिन आजै हो । एमालेभित्र ओलीको विकल्प खोज्नुपर्ने बाह्य र भित्री शक्तिको चपेटामा पार्टी परिसकेको विश्लेषण गरिएको छ । आज एमालेको शक्ति, यो पार्टीले निर्माण गरेको स्वाभिमानी चरित्र, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभिभारा निर्वाह गर्नसक्ने दृढ इच्छाशक्ति भएको नेतृत्वलाई बेला न कुबेला चलाएको हुइँयाले के दक्षिण एसियामै सुदृढ, एकीकृत र शक्तिशाली पार्टीको मानक बचाउने करिश्मा हाललाई केपी ओलीबाहेक अन्य कुनै नेताले निर्माण गरिसक्नु भएको छ त ?

Leave a Reply