विधेयकको अवस्थाबारे छलफल गर्न सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले समितिका सभापतिहरूलाई छलफलमा बोलाएका छन्।

२ बजे समिति सभापतिहरूसँग शंकर हल नयाँ बानेश्वरमा सभामुखले छलफल गर्ने तय भएको हो।

छलफलमा समितिमा रहेका विधेयकको अवस्थाबारे छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।

समितिबाट विधेयक नटुङ्गिँदा प्रतिनिधि सभाबाट पारित गर्न ढिलाइ भइरहेको छ। त्यसैले विधेयकबारे सभामुखले चासो राखेर छलफल गर्न लागेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *