विपद् व्यवस्थापनमा ड्रोन प्रविधिको सम्भावना खोज्दै बागमती सरकार

हेटौंडा । अत्यावश्यक सामग्री दुवानी तथा विपद व्यवस्थापनमा ड्रोन प्रविधिको प्रयोगलाई जोड दिँदै बागमती सरकार श्रम यातायात व्यवस्था मन्त्रालयले ड्रोनको प्रदर्शन गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-५ मा अवस्थित गौरिटार रंगशालामा गरिएको प्रदर्शनीमा मन्त्रालयको परामर्शदाता संस्था आइडिया हव इन्टसेशनलका प्राविधिकहरूले विश्व बजारमा ड्रोन प्रविधिको विकास र नेपालमा यसबाट लिनसकिने लाभबारे बताएका थिए ।

विशेष प्रकारको उक्त ड्रोनले २५ किलोसम्मका सामान ढुवानी गर्न सक्ने प्राविधिकहरूले बताएका छन् । नेपालमै एसेम्बल तथा परिमार्जन गरी निर्माण गरिएको सो ड्रोन यहाँको भूगोलअनुसार विपद् प्रतिकार्यमा अति प्रभावकारी हुने सहभागीले विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री बहादुर सिंह लामाले कानूनको संशोधन एवं आवश्यक ऐनको तर्जुमा गरेर प्रदेशमा विपद्को समयमा ड्रोन प्रविधिको प्रयोग गर्ने प्रतिवद्धता जनाए ।

श्रम यातायात तथा रोजगारमन्त्री प्रेमभक्त महर्जनले ड्रोनलाई दुर्गम क्षेत्रमा अत्यावश्यक सामान ढुवानीको साधनको रूपमा पनि प्रयोग गर्न सकिने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *