रुपन्देही । नवलपुरको बुलिङटार गाउँपालिका-२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी परेका छन् । स्थानीय जीवनज्योति चर्च मण्डलीको भवन ढलानको काम गर्न गएकाहरू भोजमा च्याउ खाएर बिरामी भएका हुन् । बिरामी सबै बुलिङटार गाउँपालिका-२ का छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिरामीमध्ये ९ जनाको भरतपुर अस्पतालमा र सातजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर छ ।
उनीहरूमा पेट दुख्ने, चक्कर आउने, बेहोस हुने, बान्ता र पखाला लाग्ने, आँखा वरिपरि अँध्यारो हुनेजस्ता लक्षण देखिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले १६ जनामध्ये ४ जना डिस्चार्ज भइसकेको र १२ जनाको उपचार भइरहेको जनाएको छ ।

Leave a Reply