रुपन्देही । नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिवार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा सङ्घको प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरिएको हो ।
उपाध्यक्षमा सार्दुल कसौधन (रुपन्देही), अर्का उपाध्यक्षमा सुनिल बुढाथोकी (दाङ), सचिवमा धनराज डीसी (रोल्पा), उपसचिवद्वयमा साजन सापकोटा (बाँके), शान्ति पाटा मगर (दाङ) र कोषाध्यक्षमा आशिष श्रेष्ठ (पाल्पा) निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा शिशिर खत्री (बर्दिया), पुन्थे शाही (बाँके), दुर्गा बुढाथोकी (दाङ), आनन्द भुसाल (अर्घाखाँची), गोविन्द नेपाली (अर्घाखाँची), विशाल बराल (गुल्मी), साईजन खाँण (कपिलवस्तु)लगायत रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष कृष्ण थापाले युवा सङ्घलाई लुम्बिनी प्रदेशमा व्यवस्थित रूपमा एउटा आशालाग्दो सङ्गठनका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाले सर्वसम्मत कमिटी चयन गरिएको हो ।

Leave a Reply