समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज धान दिवसको अवसरमा शुभकामना दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले अब रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु आवश्यक रहेको बताए ।

उनले भने, ‘माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना– यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ । तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ ।’

उनले कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनु पर्ने धारणा राख्दै दही चिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *