पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन पाएन भने असन्तुष्टिले विस्फोटको रूप लिन्छ: ईश्वर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन पाएन भने असन्तुष्टिले विस्फोटको रूप लिने बताएका छन् ।

मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै पोखरेलले भने–कम्युनिस्ट पार्टीभित्र नेतृत्व अनिर्वाचित हुने,सत्ता हस्तान्तरण नगर्ने प्रवृति हटाउन जबजको सिद्धान्तको प्रयोग गर्नुपर्छ । पार्टीभित्रको द्धन्द्धलाई विधिसम्मत प्रकट हुन दिइएन भने विष्फोट हुन्छ । राजनीतिमा विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ,विग्रह पैदा गर्छ । त्यस्तो अवस्थामा विग्रह विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्नुपर्छ । अशन्तुष्टि निश्चित विन्दूमा पुगेपछि विष्फोट हुन्छ ।

पोखरेलले बहुपदीय सङ्गठनात्मक संरचना पार्टी केपी ओलीकै अगुवाइमा भएको बताए ।

उनले भने, ‘पार्टी जीवनको लोकतान्त्रीकरण गर्ने क्रममा त्यसका अंगहरु केके हुनसक्छन् भन्नेबारे बहस भयो । पार्टीको ९ औँ महाधिवेशनमा पारित दस्तावेजमा पार्टी जीवनका सबै कुराहरू समेटिएका छन् । एमाले पार्टीभित्र लोकतान्त्रीकरणको पक्षमा दृढतापूर्वक उभिन्छ भनेर त्यसपछि दुनियाँले चिन्यो ।’

उनले एमाले र माओवादीबीच एकता भएपछि विचारका धेरै कुरा स्थगित भएको स्मरण गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले थपे, ‘विचारका धेरै पक्षहरू कमजोर बने, त्यसपछि हामी के भयौँ भयौँ भन्ने स्थिति छ । त्यो एकता टुटेपछि एमाले नयाँ ढङ्गले अघि बढ्यो । पुनर्जीवन प्राप्त गरेपछि १० औँ महाधिवेशनमा घनीभूत छलफल भयो । विधान, सङ्गठनात्मक र राजनीतिक प्रस्ताव पारित भयो । तीन दशकदेखिको छलफल बहस र अनुभवहरू समेटिएर निकालिएको निष्कर्ष छ ।’

Comments

3 responses to “पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन पाएन भने असन्तुष्टिले विस्फोटको रूप लिन्छ: ईश्वर पोखरेल (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    लुटन नपाएको झोक हो । विचार उद्देश्य नै भ्रष्ट छ । बामदेव, माधव, भिम रावल । अब पालो ईश्वर र विद्याको हो । ओलिले बिस्तारै निमिट्यान्न पारिदिनुपर्छ ।

    1. yuvaraj adhikari Avatar
      yuvaraj adhikari

      यति धेरै पनि नभनाै । तर इश्वर पाेखरेलले धेरै नखाेकेकाे राम्राे हुन्छ ।दुनियाँले आफुलाई कसरी हेरेका छन्, त्याे पनि विचार गर्नुपर्छ ।

  2. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    यति धेरै पनि नभनाै । तर इश्वर पाेखरेलले धेरै नखाेकेकाे राम्राे हुन्छ ।दुनियाँले आफुलाई कसरी हेरेका छन्, त्याे पनि विचार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *