‘मिडियाले विद्या भण्डारी र मबीच बम पड्काइसके, एमाले ध्वस्त हुने सपना पूरा हुन दिइन्न’ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी अब कसैले फुटाउन नसक्ने दाबी गरेका छन् । मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले एमालेलाई दिउँसै टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छु भन्नेहरूको हालत देखिसकिएको बताए ।

 

विगतका वर्षहरू एमालेमाथि महाप्रहारका वर्षहरू रहेको बताउँदै उनले भने, ‘हाम्रो विरोधीले गोली हानिरहेका छन्, हामीलाई छोयोमात्रै, एमाले त्यति मजबुत छ, तर अनलाइन मिडियाहरूले यो कार्यक्रम भाँड्न वृक्षरोपण कार्यक्रम राखे विभिन्न ठाउँमा भन्छन् । मदन भण्डारी दिवस मनाउन देशभरि कार्यक्रम राखिएको छ । एमाले निकट रहेका सङ्गठनहरूको कार्यक्रम भाँड्न खोजेर भाँडिन्छ ? कसरी भाँडिन्छ म र विद्या भण्डारी आउने कार्यक्रम ?’

अध्यक्ष ओलीले आजकै कार्यक्रमबाट एमालेमा बम पड्कन्छ र एमाले ध्वस्त हुन्छ भन्ने सपना देखेर विरोधीहरू बसेको बताए ।

उनले भने, ‘कुनै बमबारुद पड्किनेवाला छैन । आश नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । यसो अनलाइनतिर हेर्नुभयो भने तपाईंहरू छक्क पर्नुहुन्छ ।’

Comments

3 responses to “‘मिडियाले विद्या भण्डारी र मबीच बम पड्काइसके, एमाले ध्वस्त हुने सपना पूरा हुन दिइन्न’ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    जे भने पनि विद्यामा महत्वकांक्षा पलाएको चाहि छ । तर उनीमा नैतिकता रहेनछ, एक र अर्को पार्टी चलाउने क्षमता, विचार केही पनि छैन । मदन भण्डारीको श्रीमती भएकाले ह्वार्रै मान्छे पछि लाग्छन भन्ठानेको होला । सम्भावना नबोकेको मान्छेले केही गर्न सक्दैन । के के न गर्छु भनेको बामदेव , माधव, बाबुरामको अहिलेको हालत हेर न । चौतर्फी, स्वदेशी, विदेशी प्रहारलाई चिर्दै पार्टीलाई यो अवस्थामा ल्याउनु भनेको सानो काम हो ओलिको ? अरूले त्यो गर्न सक्छन् ? कदापि सक्दैनन । विद्याले राजनीतिमा आउन खोज्नु सबैभन्दा घातक कुरा हो । अब दिल्लीले त विद्यालाई बोकिदिन्छ किनकी उसलाई एमाले र विशेषगरी ओलिलाई तह लगाउनु छ । भारतीयहरूले नेपाललाई हेपेर बोल्थे । ओलि आए पछि तिनले हेप्ने हिम्मत गरेका छैनन । प्रचण्डजस्तो भाडाको टट्टु भएन भनेर त ओलिलाई भ्रमणको निम्तो नदिएको नि मोदीले । तर त्यसले किन दिनुपर्यो निम्तो ? नदिए के नाप्छ भारतले ? मोदीले निम्तो दिएन भनेर ओलिलाई खाईस कि भन्ने पनि छन् नेपालमा । म चाहिँ त्यसो भन्नेलाई तैले चाहिँ भारतको फोहोर खाईस् भनिदिन्छु ।नेपालसँग व्यापारमा ठूलो फाईदा भैराखेको छ भारतलाई । आयात र निर्यातमा यस्तो प्रतिशतक‍ो ग्याप उसको अरू कुनै देशसँग छैन । हाम्रो व्यापार चीनतिर ढल्केला भनेर नेतृत्वमा टट्टुहरू ल्याउन खोज्छ भारत । जस्तै विद्युतीय गाडीको प्रयोग बढेपछि भारतमा खैलाबैला छ किनकी यस्ता गाडीमा भारत चीनभन्दा धेरै पछि छ । गाडीको व्यापार मात्र बन्द भएमा करिव ५ खरबको भारतको नेपातर्फको निर्यात घटछ । चीन चाहिँ राम्रो छ भनेको होईन । उ झन् स्वार्थी छ । तर हामीले दुवैतर्फको पहुँच बढाएर कसैलाई पनि हेप्न नदिने र आफ्नो फाईदा जता हुन्छ त्यतै लाग्ने हो ।

    1. yuvaraj adhikari Avatar
      yuvaraj adhikari

      धेरै कुरा ठिक छन् । जिउँदाे हुँदाहुँदै ओली हारेकाे एमालेकाे कल्पना गर्न सकिँदैन । सिद्वान्त मदनले प्रतिपादन गरे तर देश बचाउने काम ओलीले गरे । यतिकाे राष्ट्रवादी र क्षमता भएकाे नेता त खाेई, छ कि छैन ? मैले त देखेकाे छैन है ।

  2. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    धेरै कुरा ठिक छन् । जिउँदाे हुँदाहुँदै ओली हारेकाे एमालेकाे कल्पना गर्न सकिँदैन । सिद्वान्त मदनले प्रतिपादन गरे तर देश बचाउने काम ओलीले गरे । यतिकाे राष्ट्रवादी र क्षमता भएकाे नेता त खाेई, छ कि छैन ? मैले त देखेकाे छैन है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *