प्रतिनिधिसभाबाट बजेट आश्रित दुई विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धीत दुई आश्रित विधेयक पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभा बैठकले करका दर समेटिएको आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गरेको हो ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

दुई विधयकमाथि प्राप्त संशोधन बहुमतबाट अस्वीकृत भएको थियो । त्यसअघि आर्थिक विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर प्रणालीका बारेमा विगतको गुनासोलाई सुनुवाइ गर्दै आवश्यक र अत्यावश्यक ठाउँमा मात्र कर संशोधनको प्रस्ताव गरिएको जानकारी दिए ।

आत्मनिर्भर अर्थतन्त्र र सन्तुलित विकासका लागि अनुकूल हुने गरी कर प्रस्ताव गरिएको उनको भनाइ छ । पौडेलले एउटै कारोबारबाट सिर्जना भएको कारोबारमा पटकपटक कर लाग्ने विद्यमान व्यवस्थालाई सम्बोधन गर्ने प्रयास गरिएको धारणा राखे ।

उनले मदिरा र सुर्तीजन्य वस्तुले जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले सो वस्तुमा केही हेरफेर भएको उल्लेख गरे । आर्थिक ऐनले करका दरमा स्थिरता, लगानीका लागि अनुकूल वातावरण बनाउने कोसिस गरेको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *