नेकपा एसका नेता महेन्द्रबहादुर कार्की माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता महेन्द्रबहादुर कार्की माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शनिबार माओवादी निकट उद्योग व्यवासायी संगठनको कार्यक्रममा दोलखाका प्रतिष्ठित व्यवसायी तथा वामपन्थी नेता कार्कीलाई अध्यक्ष प्रचण्डलगायतका नेताले स्वागत गरे ।

पेशाले इन्जिनियर रहेका कार्की तत्कालीन नेकपा एमालेलाई दोलखामा स्थापित गर्नेमध्येका एक नेता हुन् । उनी २०५६ सालमा एमाले विभाजनपछि नेकपा मालेबाट सांसद पदको उम्मेदवारसमेत भएका थिए ।

एमाले विभाजनपछि उनी माधव नेपाल पक्षमा लागेर नेकपा एसमा थिए । कार्की २०२३ सालदेखि वामपन्थी आन्दोलनमा संलग्न रहेको भन्दै माओवादी नेताहरुले उनको प्रवेशलाई महत्व दिएका छन् ।

Comments

One response to “नेकपा एसका नेता महेन्द्रबहादुर कार्की माओवादी केन्द्रमा प्रवेश”

  1. ksp pyl Avatar
    ksp pyl

    यो मान्छे कहिल्यै पनि एमाले थिएन । एमालेमा रहेको जस्तो देखिएको मात्र थियो । कसैको लागि दलाली गरेर एमालेलाई कमजोर बनाउने सधैं यसको लक्ष्य थियो । तर यसले जहाँ गयो उसैलाई पिर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *