मेलम्चीमा बस दुर्घटना, चालकसहित ७ जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा  जना घाइते भएका छन् ।

बागमती प्रदेश -३-०१-००५ख ९९७६ नम्बरको तिपेनीबाट काठमाडौँ जादै गरेको यात्रुबाहक बस दुर्घटना मेलम्ची १० बजार नजिकै दुर्घटना भएको हो । गाडीमा सवार करिब ७ जना घाइते भएका छन् ।

घाइतेहरुको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । घाइतेको अवस्था सामान्य छ । चालक महेश्वर ढकाल भने गम्भीर छ्न् ।

घाइते हुनेहरुमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी,हेलम्बु चनौटेकी सुस्मिता ज्योती,भोताङकी पेमा लामा,नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहेका  छन् ।

घाइतेको मेलम्ची नगर अस्पतालमा सामान्य उपचारपछि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *