काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि प्रतिनिधि सभामा विरोध जारी राख्ने बताएको छ ।
आज बसेको संसदीय दलको बैठकले सदन अवरोध जारी राख्ने निर्णय गरेको हो ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री ओलीले सम्बोधन गरेपनि विरोध निरन्तर चल्ने सांसद हरि ढकालले बताए ।
उनले भने,‘प्रधानमन्त्री बोल्नुहुन्छ हाम्रो आन्दोलन पनि सुन्नु हुन्छ ।’ रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको आएको छ ।
तर सरकारले गृहमन्त्री लेखकको राजीनाको सट्टामा छानविन समिति गठन गरेको छ । तर रास्वपाले उक्त समितिप्रति असहमति जनाउँदै आइरहेको छ ।

Leave a Reply