रुपन्देही । धेरै सामुदायिक विद्यालयमा शैक्षिक स्तर खस्किरहेको गुनासा आइरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन् ।
सो विद्यालयबाट ६ सय ९ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १८ जनाले ४ जीपीए ल्याएपछि अहिले सबैतिर चर्चा हुन थालेको छ । शान्तिको यो नतिजा रुपन्देहीको मात्रै होइन सामुदायिक विद्यालयमा मुलुककै उत्कृष्ट रहेको विद्यालयको भनाइ छ ।
सो विद्यालयबाट सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पंगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुसान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएका हुन् ।
त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३।९ देखि ३।९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन् ।
विद्यालयका प्राचार्य कुलप्रसाद न्यौपानेले नतिजा आशातित रहेको र विद्यार्थी तथा शिक्षकहरुको मेहनतको परिणाम भएको बताएका छन् । यसले आफूहरुलाई निकै खुसी बनाएको जनाए ।
‘समग्रमा देशकै राम्रो नतिजा आएको छ, यसमा हाम्रो विद्यालयमा आएको नतिजा देशमै सन्देश दिने खालको छ’ उनले भने । ’साधनस्रोतको अभावमा विद्यालय चलाउनुपरेको छ, यस्तो अवस्थामा सामुदायिक विद्यालयको नतिजा सुधारले सबैलाई खुसी बनाएको छ’ लामिछानेले भनेका छन् ।
रुपन्देहीमा सामुदायिकतर्फ कालिका मानवज्ञानका ७, सैनामैना नमुनाका ४ जना, नयाँगाउँका ३, नवरत्नका २, रामापुर, कान्ति, जनकल्याण, सुनगाभा, सिद्धेश्वर लालकुमारी, नविन औद्योगिकका १/१ जनाले ४ जिपिए ल्याएका छन् । यसैगरी संस्थागततर्फ न्यू होराइजनका ११ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
रुपन्देहीमा रहेका सरकारी स्कुलको नतिजा उत्कृष्ट आएपछि अहिले सामाजिक सन्जालमा बधाईका ओइरो आउन थालेका छन् । देशभरका ठूला–ठूला स्कुललाई पछि पार्दै टप पोजिसन कब्जा गरेको भन्दै विद्यालय प्रशासनको उच्च प्रशंसा गरिएको छ ।
‘सपना पूरा गर्न स्कुलको नाम होइन, हिम्मत चाहिन्छ । त्यो नतिजा शान्ति नमुनाले देखाइसकेको छ’ शैक्षिक अभियान्ताहरुले प्रशंसा गर्दै भनेका छन् । जिल्लामा हालसम्म ४।० जिपिए ल्याउने विद्यार्थीहरूको संख्या ८७ पुगेको छ । अधिकांश विद्यालयले उत्कृष्ट नतिजा दिँदै शैक्षिक प्रतिस्पर्धामा आफ्नो पहिचान बलियो बनाएका छन् ।
शान्ति नमुना माध्यमिक विद्यालय, तिलोत्तमा यसपटकको नतिजामा सबैभन्दा अगाडि देखिएको छ । हालसम्मको विवरण अनुसार सो विद्यालयबाट १८ जना विद्यार्थीले जिपिए ४।० ल्याएका छन्। त्यसैगरी न्यु होराइजन स्कुल, बुटवलबाट ११ जना, अक्सफोर्ड मावि बुटवलबाट १० जना, कालिका मानवज्ञान माविबाट ७ जना विद्यार्थीले जिपिए ४।० ल्याएका छन्।
बुटवलको कालिका मानवज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्याक दिनेश थापाले जानकारी दिए । सुदर्शन न्यौपाने, अस्मिना पराजुली, प्रशंसा पराजुली, आशिष केसी, प्रतिक पौडेल, स्वरूप न्यौपाने, सुजन बाह्रघरे र राम शर्माले चार जीपीए ल्याएका हुन् ।
त्यस्तै ३.६० देखि माथि २११, ३.२० देखि ३.६० सम्म २४५, २.८० देखि ३।२० सम्म १०३, २.४० देखि २.८० सम्म २६ जना र २.०० देखि २.४० सम्म २ जना ग्रेडेड भएको प्रअ थापाको भनाइ छ । कालिका देशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय हो । कालिकामा अहिले सेक्टर वान र सेन्टर टुमा गरेर ८ हजार विद्यार्थी अध्ययनरत छन् । नेपालका सामुदायिक विद्यालयहरूको उत्प्रेरक संस्थाका रूपमा कालिकालाई लिने गरिन्छ ।
त्यस्तै, रुपन्देहीकै सैनामैनामा नगरपालिकामा रहेको सैनामैना परोहा परमेश्वार मावि चार जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । विद्यालयका दिनेश पौडेल, एकिन यादव, दिनेश गिरी र सफिया गौतमले चार जीपीए ल्याएका हुन् । त्यस्तै, बुटवलको कान्ति माविका छात्र सिजल पन्थीले पनि चार जीपीए ल्याएका छन् । बुटवलकै नवीन औद्योगिक कदरबहादुर रीता माविका छात्र आर्यन पौडेलले पनि फोर जीपीए ल्याएका छन् ।
त्यस्तै, यस क्षेत्रका संस्थागत विद्यालयतर्फ अब्बल मानिने न्यू होराइजन माविका ११ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । बुटवलकै अक्सफोर्ड माविका १० जना विद्यार्थीले पनि चार जीपीए हासिल गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए ।
त्यस्तै नयाँगाउँ मावि बुटवलबाट ३ जना, न्यू लुम्बिनी ई।बो। स्कुल देवदहबाट ४ जना, सैनामैना नमुना माविबाट ४ जना, दिप बोर्डिङ स्कुल बुटवल, तिनाउ इङलिश बोर्डिङ स्कुल बुटवल, गार्गी एकेडेमी बुटवल, प्रभात इङ्ग्लिस बोर्डिङ स्कुल सैनामैनाबाट २÷२ जना विद्यार्थीले ४।० जिपिए प्राप्त गरेका छन्।
नवरत्न मावि बुटवलबाट २ जना र अन्य विद्यालयहरू रामापुर मावि सैनामैना, कान्ति मावि बुटवल, जनकल्याण मावि सैनामैना, ड्रिम भिजन स्कुल, सुनगाभा पब्लिक मावि सैनामैना, सैनामैना मोमोरियल मावि, सिद्धेश्वर लालकुमारी मावि बुटवल, नविन औद्योगिक कदरबहादुर रिता मावि बुटवल, न्यु इन्भारमेन्ट स्कुल तिलोत्तमा र होराईजन गौतमबुद्ध र्मावि तिलोत्तमाबाट १/१ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन्। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले फेरि एक पटक विद्यालय तहमा रुपन्देहीका विद्यालयहरुले अब्बलता साबित गरेको बताएका छन् ।

Leave a Reply