काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा अहिले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसले चीनसँगको सम्बन्धलाई नेपाली कांग्रेसले विज्ञापन गर्न नसकेको बताएकी छिन् ।
कोइरालाको आत्मकथा ‘म र सानुुबुुवा’ नामक आत्मकथामा नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने चीनसँगको सम्बन्ध र उत्तरी नाका खोलेको विषयमा विज्ञापन गरेर चुनाव जितेको कोइरालाले लेखेकी छिन् ।
आफ्ना पिता गिरिजाप्रसाद कोइरालाकै अगुवाईमा संखुवासभाको किमाथांका, रसुवाको केरुङ नाका र हुम्लाको यारी नाका खोल्न नेतृत्व गरेको तर यसलाई कांग्रेसले जनतामा नलगेको कोइरालाले दुःखेसो गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘केपी ओलीले चीनको नाका खोलेको, भारतीय नाकाबन्दीमा अडान लिएको भनेर देशभर चुनावी दौड गरेर चुनाव जित्नुुभयो ।’
सानु बुवा भनेर पिता गिरिजाप्रसाद कोइरालाई सम्बोधन गर्ने सुजाता कोइरालाले नेपाली कांग्रेस र चीनको सम्बन्धमा गिरिजा नेतृत्वमा भएको कामको उदाहरण दिँदै लेखेकी छिन्, ‘प्रधानमन्त्रीको हैसियतमा मात्रै होइन, सानो बुवाले कांग्रेसको पार्टी सभापतिको हैसियतले पनि दुुईपटक चीन भ्रमण गर्नु भएको थियो । एउटा भ्रमणमा त म पनि उहाँसँग सहभागी भएँ । नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबिच पनि उत्तिकै राम्रो सम्बन्ध छ ।’

Leave a Reply