उदय शम्सेरको टिप्पणी–वागमती र मधेशका अर्थमन्त्रीले कांग्रेसलाई मुख छोप्ने बनाए

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थ राज्यमन्त्री उदय शमसेर जबराले वागमती र मधेश प्रदेशका कांग्रेस अर्थमन्त्रीले ल्याएको बजेटले मुख छोप्नुपर्ने परिस्थिति बनेको टिप्पणी गरेका छन् ।

ती प्रदेशका बजेटमा कब्जा र योजना विक्रीको आरोप लागिरहेका बेला कांग्रेसका प्रभावशाली नेता राणाले कम्युनिस्ट अर्थमन्त्रीले राम्रो बजेट ल्याउँदा कांग्रेसका अर्थमन्त्रीले पार्टीलाई लज्जास्पद बनाइदिएको बताए ।

शुक्रवार एक कार्यक्रममा राणाले भने–दुःखलाग्दो कुरा के छ भने एमालेको अर्थमन्त्रीले अलिकति व्यवहारिक बजेट ल्याया,निजी क्षेत्र पनि प्रोत्साहन भयो । तर हाम्रो विशेष गरेर दुई वटा प्रदेश बागमती प्रदेश र मधेस प्रदेशमा जुन किसिमले बजेट ल्याएको छ, अलिअलि अर्थतन्त्र बुझ्ने हामी कांग्रेसीहरूले त मुखै छोप्ने परिस्थिति बनेको छ ।

राणाले २०६४ सालयता यसपटक कम्युनिस्ट अर्थमन्त्री बिष्णु पौडेलले उत्कृष्ट बजेट याएको टिप्पणी समेत गरे । लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आयोजना गरेकिो कार्यक्रममा राणाले एमालेसहितका कम्युनिष्टहरुलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकाएको कांग्रेस आफैंले नसिककोमा दुःख लागेको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *