पूर्वसचिव विष्टको संयोजकत्वमा सार्वजनिक खरिद पुनरावलोकन समिति गठन

काठमाडौं । सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्टलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले समितिको सदस्यमा इञ्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल र थानेश्वर गौतमलाई नियुक्त गरेको छ ।

संयोजक बनाइएका विष्ट गत जेठको अन्तिम साता महालेखा नियन्त्रक पदबाट ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *