‘ओलीको चाहना संसद् भंग भइदियोस् भन्ने छ, नबुझेर हाम्रै साथीहरूले मविरुद्ध घेराबन्दी गरे’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदन नखोलेर भंग भइदिए अध्यादेशबाट शासन चलाउथे भन्ने ढङ्गले अघि बढेकाे बुझेपछि सदन खोल्न तयार भएको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टीभित्रबाटै नबुझेर आफू विरुद्ध घेराबन्दी गरेको गुनासो गरे।

त्यसबारे प्रचण्डको भनाइ जस्ताको तस्तै-

कहिले तपाईंहरुले सोच्दा मानौँ परिस्थिति सामान्य छ, नेतृत्वले जता भन्यो त्यतै गइहाल्छ देश भनेको जस्तोगरी सोचेकोजस्तो लाग्छ । त्यस्तै छै स्थिति ।

हिजो दुई तिहाइको हाम्रो नेतृत्वको सरकार हुँदा सरकारका नेतृत्व संविधान र गणतन्त्रविरुद्ध घात गर्ने ढङ्गले अघि बढ्दा हामी विद्रोह गरेर सडकमा गएर पलेँटी कसेर विरोध गर्नुपरेको बाध्यता संसदीय प्रणालीमा यस्तो हुँदैन ।

नेपालमा मात्रै यस्तो भएर माओवादीले मात्रै गर्नुपरेको छ । हामीले जनयुद्धको बलमा ल्याएको संविधान आफ्नो पार्टी नेतृत्वको सरकारले उल्ट्याउने ढङ्गले गइसकेको थियो । हामीले हाम्रो नेतृत्वको सरकार भनेर बसेको भए संविधान सायद उल्टिसकेको हुन्थ्यो होला ।

दुई दुई पटक पटक संसद् विघटन गरेको, हामीले त्यसका विरुद्ध एक महिनामा तीन पटक लाखौँ जनता सडकमा उतारेपछि संविधानमाथिको घात रोकिएको हो । त्यसैले अहिले पनि संविधानको रक्षा गर्ने जिम्मेवारी छ ।

कहिले प्रतिपक्षमा हुँदा पनि सत्तापक्षको भूमिका खेल्नुपर्ने अवस्था आउँछ । अहिले पनि हामीले धेरै मेहनत गरेर सङ्घीय निजामती, विद्यालय, नागरिकता विधेयक, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने आवश्यकता यही सदनबाट गर्नुपर्नेछ ।

तर सरकारको नेतृत्वले अवरोध भइराखोस् भन्ने चाहेको छ, हाम्रा धेरै साथीहरूले बुझेनन्, मलाई दुःख छ। पटक्कै नबुझेर खत्तम गर्‍यो भनेकोजस्तो गर्छन् । अहिले पनि सरकारको नेतृत्वले सदन नचलेदेखि, सदन भंग भइदिएदेखि अध्यादेशबाट सबै गर्ने, बजेट होस् वा अन्य विधेयकको कुरा। अध्यादेशबाट ल्याउन चाहेको बुझियो हामीले ।

अर्कोतिर सत्तामा भएकाहरूको बीचमा जति दूरी छ, के हो भन्ने पनि हामीले बुझ्नुपर्नेछ। त्यही अनुसार चाँडै परिणाम आउँदै छ । एक थरी मानिसहरूले गलत प्रचार गरेर नेतृत्वलाई कसरी घेराबन्दी गर्ने भनेर लागिरहेका छन् ।

Comments

One response to “‘ओलीको चाहना संसद् भंग भइदियोस् भन्ने छ, नबुझेर हाम्रै साथीहरूले मविरुद्ध घेराबन्दी गरे’”

  1. ksp pyl Avatar
    ksp pyl

    गणतन्त्रको ठेकेदारै हुँ भन्छ भन्नलाई । तर व्यवहार चाहिँ दिल्लीको दलाली सिवाय केही देखिदैन ।यस्ताले ओलिलाई जथाभावि भन्ने ? लाज लाग्दैन ? ओलिक‍ो सामुन्ने भुसुना होस् । त्यत्रो विकास, सम्वृद्वि र स्वाभिमानको नायकलाई विदेशीका दलालहरूले यसो उसो भनेको सुहायन । हैसियतमा बस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *