कांग्रेसले कांग्रेसलाई हराउने महारोग छाडे ०८४ मा सहजै बहुमत ल्याउन सकिन्छ : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनको लागि कांग्रेस र एमालेले चाँडै संयन्त्र बनाएर काम थाल्ने बताएका छन् ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेस प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस र एमालेबीचको छलफलले आकार लिएपछि प्रमुख प्रतिपक्षी दल, सदनमा सहभागी अन्य दललाई पनि समेटेर प्रक्रिया अघि बढाउने बताए ।

नागरिकमा उठेको निराशा र संविधान कार्यान्वयनमा देखिएको समस्याहरू समाधान गर्नको लागि सरकारले काम गरिरहेको बताए ।

यस्तै, उनले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीबीच भएको केही मतभेदलाई कोठामा बसेर संवाद गरौँ । छलफलबाट त्यसलाई मेटाउँदै जानुपर्छ ।’

उनले कांग्रेसभित्रको अन्तर्विरोध कारणले नै काग्रेस हारिरहेको बताए ।

उनले थपे, ‘कांग्रेसलाई हटाउन कोही चाहिँदैन । कांग्रेस भए पुग्छ । अरूले सक्दैन, त्यो रोगबाट पनि पार्टीलाई मुक्त गराउनुपर्नेछ । त्यसका लागि हामीले प्रशिक्षणमार्फत सद्भाव र मतभेद अन्त्य गर्दै गइरहेका छौँ ।’

उनले कांग्रेसको अन्तरघातको महारोगलाई अन्त्य गरेर ०८२ र ०८३ को पार्टीको अभियान सफल बनाउन सके ०८४ को चुनावमा पहिलो पार्टी र एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने सुनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *