सिटिजन्स सदाबहार योजना– ५ लाख इकाईसम्म खरिद गर्न सकिने, १२ प्रतिशतसम्म प्रतिफल   

काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडले पूर्ण वित्तीय सवा प्रदान गर्दै आएको छ । यस क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । जस अन्तर्गत यस क्यापिटलले नयाँ योजना ल्याएको छ ।

सिटिजन्स क्यापिटलले शुक्रबारदेखि सामूहिक लगानी कोष सिटिजन्स सदाबहार योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ । योजनाको प्रतिइकाई १० रुपैयाँका दरले पाँच करोड इकाई बिक्रीमा ल्याइएको हो ।

कुल पाँच करोड इकाइमध्ये ७५ लाख इकाई र कुल बिक्री भएको इकाई सङ्ख्याको कम्तीमा १५ प्रतिशत इकाई सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी चार करोड २५ लाख इकाई सार्वजनिक निष्कासनका लागि छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १०० र अधिकतम ५० लाख इकाइको माग गरी  असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सम्पूर्ण इकाई बिक्री नभएमा २७ असारसम्म म्याद थप हुने सिटिजन्स क्यापिटलले जनाएको छ ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेका छन् । प्रथम खुलामुखी योजना सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट रकम पचास करोडको व्यवस्थित लगानी योजना (एसआईपी) समेत गर्न सकिने सिटिजन्स सदाबहार योजना सञ्चालन अनुमति प्राप्त भएको थियो ।

सिटिजन्स क्यापिटल लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठका अनुसार यस योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको योजना हो । यस योजनाको कुल आकार ५० करोड रुपैयाँ रहेको छ ।

सिटिजन्स सदाबहार योजना खरिद गर्नका लागि आफ्नो मेरो शेयर खाता मार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएको शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

यस योजनामा सहभागी हुनका लागि न्यूनतम एक सयदेखि अधिकतम पाँच लाख इकाई खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । यस योजनाको प्रथम चरणमा निष्काशित इकाई बाँडफाँड पश्चात् नियामक निकायहरूको नियमानुसार तथा स्वीकृति लिई व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत थप इकाईहरू निष्कासनको व्यवस्था समेत मिलाइएको छ ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित अन्य योजनाहरू मध्ये प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरका ८ करोड २० लाख इकाईहरू रहेको सिटिजन्स म्युचुअल फण्ड १ नामक ७ वर्षे बन्दमुखी योजना परिपक्व भइसकेको छ । यसको अन्तिम प्रति इकाई खुद सम्पत्ति मूल्य ११.३० रुपैयाँमा प्रचलित कानून बमोजिम कर कट्टी समायोजन गरी इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा गएको जेठ २७ गतेदेखि क्रमानुसार रकम १३ प्रतिशत प्रतिफल समेत जम्मा गर्न सुरु गरिएको कम्पनी सचिव रमेश लुइँटेलले जानकारी दिए ।

उनका अनुसार सिटिजन्स म्युचुअल फण्ड १ को अवधिभरमा पुँजीगत लाभ तथा विगतका आर्थिक वर्षहरूमा वितरण गरिएको प्रतिफल समेत प्रति इकाई लगानीको औषत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको छ ।

सिटिजन्स बैंकको सहायक कम्पनी रहेको यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *