भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे देउवाले भने- बेकारको कुरा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा कुनै समस्या नभएको बताएका छन्।

एमाले पार्टी नै अलग भएकाले केही निर्णयमा फरक मत आउनु सामान्य भएको बताए।

चितवनमा पुगेका देउवाले सञ्चारकर्मीहरूसँग कुरा गदै ‘टेक एन्ड पे’ को व्यवस्था सहजै हटाएपछि बजेट पास भइसकेको बताए।

उनले भने, ‘ठुलो कुरै थिएन नि, त्यसमा असमझदारी थियो। हटाएपछि बजेट पारित भइसक्यो। दुइटा अलग अलग पार्टी हो नि। असमझदारी देखिनु सामान्य हो।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे सोधिएको प्रश्नमा भने, ‘कहाँबाट हुनु नि। बेकारको झूटा कुरा हो।’

उनले पार्टीको १५ औँ महाधिवेशन समयमै हुने पनि बताए।

Comments

One response to “भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे देउवाले भने- बेकारको कुरा”

  1. samir Avatar
    samir

    गृहमन्त्री रमेश लेखक मानव तस्कर नै हो! कालो काङ्ग्रेस भ्रष्ट र अपराधीहरुको पार्टी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *