अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल गर्न नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरअघिबाट बैठक बसिरहेको छ। बैठकमा मेटमणि चौधरी र राजेन्द्र राई सहभागी छैनन् । अरु सबै नेताहरु बैठकमा छन् ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनलगायतको विषयमा छलफल चलिरहेको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए ।

यस्तै बैठकमा पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले ३५ लाख धरौटीमा छाडेकोबारे पनि छलफल हुनेछ।

भ्रष्टाचारको मुद्दा दर्ता भएपछि उनीमाथि पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता तोक्न दबाब छ। त्यसबारे पनि छलफल र निर्णय हुनसक्ने जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *