अविरल वर्षाको कारण नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

नुवाकोट । गए रातिको अविरल वर्षाका कारण ककनी– १ भसिबुस्थित विमचना खोलामा बाढीले एक महिलालाई बगाएको छ ।

उनको खोजीका निम्ति प्रहरी र सशस्त्रको टोली खटिएको छ । बाढीले भसिबुका ३२ वर्षीया कमला बलामीलाई बगाएको छ ।

बाढीले ३ वटा गोठ बगाउँदा त्यहाँ रहेका अशोक बलामीको सुरक्षाकर्मीले उद्धार गरेको छ ।

सशस्त्र प्रहरीको युएन तालिम शिक्षालय ककनी, नं। १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट ६५ जना, नेपाल प्रहरीको स्थानीय युनिटबाट थप टोली उद्धारमा संलग्न छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *