नेकपा एसले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको सचिवालय बैठक बोलाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्दैका लागि बोलाइएको हो ।

बैठकमा अध्यक्ष माधव कुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष नेपालमाथि पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालतबाट नेपाल ३५ लाख धरौटी बुझाएर छुटेका छन् । अध्यक्षमाथि नै मुद्दा लागेपछि संसद समेत दलको नेता अहिले छैन । मुद्दाको टुंगो नलाग्दासम्म पार्टी र संसदको नेतृत्व कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *