मोटरसाइकल दुर्घटनामा घाइते साथीलाई झुण्ड्याएर हत्या गरेकाे आराेपमा ३ जना पक्राउ

दाङ । सल्यानमा दुर्घटनामा घाइते भएका युवकलाई झुण्ड्याएर हत्या गरेको खुलेको छ । गत जेठ १९ गते राति वनगाड कुपिण्डे ४ मा लागेको मेला बाट फर्किदै गर्दै मोटरर साइकल दुर्घटनामा वनगाड कुपिण्डे ६ का २३ वर्षीय शंकर बिसी घाइते भएका थिए ।

तर उनको साथमा रहेका २७ वर्षीय साजन बिसी, २६ वर्षीय राजु बुढा क्षेत्री र २१ वर्षीय सोमराज केसीले घाइतेलाई उपचारकालागि अस्पताल लानुको सट्टा कुवाखोलाको जंगल क्षेत्रमा झुण्ड्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मेला हेर्न गएका शंकर घर नफर्किएपछि उनको परिवारले प्रहरीमा खबर गरेको थियो । प्रहरीले जेठ २० गते दिउँसो कुवाखोलामा जंगलमा झुण्डिएको अवस्थामा उनको शव फेला पारेको थियो ।

पोष्टमार्टम रिपोर्टले आत्महत्या गरेको पुष्टि नगरेपछि मेलामा उनीसँगै रहेका तीनजना साथीलाई पक्राउ गरेर अनुसन्धान गरिएको सल्यान प्रहरी प्रमुख डिएसपपी केशर न्यौपानेले जानकारी दिए । पक्राउ परेकाहरूले मादक पदार्थ सेवनले होस् ठाउँमा नभएका कारण उपचारको सट्टा झुण्डाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरू ३ जनालाई प्रहरीले कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *