विराटनगर । कोशी प्रदेश सभामा कोशी प्रदेशको विनियोजन विधेयक माथिको छलफल सकिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथिको छलफल सकिएसँगै आजबाट मन्त्रीहरूले छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले गरेको प्रश्नहरूको जवाफ दिएका छन् ।
असार ७ गते प्रदेश सभामा टेबुल भएको विनियोजन विधेयकको छलफलमा ३८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए ।
छलफलमा सांसदले उठाएको प्रश्नमा मन्त्रीहरूले आज जवाफ दिए ।
प्रदेश सभा सदस्यहरूले गरेको प्रश्नको जवाफ दिन क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेबतीरमण भण्डारीले आफ्नो मन्त्रालयले मन्त्रालयको अभिलेख हेरेर आवश्यकताका आधारमा बजेट विनियोजन गरेको बताए । उनले मन्त्री र मुख्यमन्त्रीले भनेर बजेट नहालिएको भन्दै मन्त्रालयमा भएको अभिलेख हेरेर बजेट हालिएको हो जवाफ दिए ।
यी योजना यस पटकका होइनन् चालूका पनि होइनन् । अघिल्ला आर्थिक वर्षमा सरकारले रातो किताबमा राखेका सांसदबाट पास भएका योजना हुन् । संसदले पास गरेका तर विभिन्न कारणले काम सम्पन्न नभएका प्रहरी चौकीका भवन निर्माणका लागि बजेट हालिएको मन्त्री भण्डारीले बताए ।
बजेटको छलफलका क्रममा पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले १० वटा प्रहरी चौकी निर्माणका लागि बजेट छुट्टाएकोमा ५ वटा झापा र ४ वटा खोटाङमा हालिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । झापा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको निर्वाचन क्षेत्र र जिल्ला हो भने खोटाङ भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईको निर्वाचन क्षेत्र र जिल्ला हो ।
भौतिक पूर्वाधार मन्त्रीको जवाफ : बजेटको थिति राजेन्द्रै राई र आंवोले बिगार्नु भएको हो
प्रदेश सभामा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले १े अर्ब भन्दा बढी बजेट खोटाङ लगेको भन्दै आलोचना भएको थियो । उनले आज प्रदेश सभामा बोल्दै विपक्षी दलका सांसदहरूले प्रश्न उठाएको तर जवाफ सुन्ने बेला अनुपस्थित रहेको गुनासो गरे ।
प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभामा फेस टु फेस गर्न लाज लागेर आकाश तिर हरेर बोलेको बताएका थिए ।
पूर्व मुख्यमन्त्री राजेन्द्र राईले गरेको टिप्पणीमा उनले भने, ‘फेस टु फेस हेर्न नसकेपछि आकासतिरै हेरेर बोल्ने हो । म फेस गर्छ, फेस गर्न उभिएको हुँ । बजेट मेरो पालामा होइन कसको पालादेखि बजेट बिग्रिएको हो,? मन्त्री राईले बजेट कसको पालाबाट बिग्रिएको र कसले आफ्नो जिल्लामा कसरी लगेको भनेर जान्न आर्थिक वर्ष ०७९र०८० को बजेट हेर्न सुझाव दिए । उनले भने त्यहाँ हेर्दा पाँचथरमा एक अर्ब र भोजपुरमा दुई अर्ब २७ करोड रुपैयाँ लगिएको छ । त्यो बेलाको बजेट झुरेष्ट भएन ? त्यस बेला मुख्यमन्त्रीमा राई र आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बो थिए । मन्त्री राईले प्रदेश सभाको आजको बैठकमा जवाफ दिने क्रममा भने त्यो बेला तीन वटा बहुबर्षै योजनामा एक अर्ब ७७ करोड पाँचथरमा र भोजपुरमा ६ वटाका योजनाका लागि २ अर्ब १५ करोड लग्नुभएको रहेछ । ‘‘उहाँहरूले बजेटको थिति बिगार्नुभएको हो । पूर्वमुख्यमन्त्री राईले यो बजेट अहिले सम्मकै झुरेष्ट भएको टिप्प्णी गरेका थिए ।
पर्यटन मन्त्री भन्छन् : मलाई धम्काउनु पर्दैन
कोसी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आफूलाई नधम्क्याउन सांसदहरूलाई आग्रह गरेका छन् ।
अधिकांश सांसदहरूले प्रदेशको बजेटमाथिको छलफलका क्रममा मन्त्री मण्डलले आफ्नो क्षेत्र र जिल्लामा बजेट खन्याएको बताएका थिए । उनले भने, ‘काँग्रेसको खत्तम मानिस भनेर औँलो नदेखाउनुहोस् । सम्मानित हिसाबले हेर्ने प्रयास गरौँ । मैले सानो बजेट लाँदैमा म खराब हो रु पहिले पनि मन्त्रीहरूले बजेट लगेको होइन । यो प्रस्तुति कसैको हकमा राम्रो हुँदैन ।’
यस अघि बजेट माथिको छलफलमा बोल्ने प्रदेश सभा सदस्यहरूले पदीय प्रभावका आधारमा मुख्यमन्त्री र मन्त्रीहरूले एकलौटी रूपमा आफ्नो क्षेत्रमा बजेट हालेको भन्दै प्रश्न गरेका थिए । सबै भन्दा बढी भौतिक पूर्वाधार मन्त्रीले बजेट लगेको भन्दै प्रश्न गरिएको थियो ।

Leave a Reply