रुपन्देही । लुम्बिनी प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक तथा पुरस्कार प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको छ । एक सय ४८ खेलाडी र १९ प्रशिक्षकगरी एक सय ६३ जनालाई बुधवार सम्मान गरिएको हो ।
प्रदेश खेलकुद परिषद्को आर्थिक वर्ष २०८१र०८२ को स्वीकृत बार्षिक कार्यक्रमअनुसार खेलकुदको विकास, विस्तार र खेलाडी उत्पादनका लागि प्रतियोगिता महत्वपूर्ण माध्यम भएको र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मान गरे हौसला प्रदान गरिएको परिषदका सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिए ।
विश्वकप खो–खो प्रतियोगिता–२०२५ मा दोस्रो स्थान हासिल गर्ने ८ जना खेलाडीलाई प्रतिव्यक्ति दुई लाखको दरले सम्मान गरिएको छ । सो खेलका प्रशिक्षक र व्यवस्थापकलाई २ जनालाई प्रति व्यक्ति एक लाखको दरले सम्मान गरिएको छ ।
दक्षिण एसियाली कराते प्रतियोगितामा रजत पदक प्राप्त गरेका एक जना खेलाडीलाई एक लाख रुपैयाँले सम्मान गरिएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका एकल इभेन्टमा स्वर्ण पदक विजेता खेलाडी ५ जनालाई प्रतिव्यक्ति ३५ हजार, रजत पदक विजेता खेलाडीलाई १८ जनलाई प्रतिव्यक्ति २० हजार, काँश्य पदक विजेता ४६ जनालाई प्रतिव्यक्ति १५ हजार, सोही प्रतियोगिताको समूहगत इभेन्टमा स्वर्ण पदक विजेता १२ जना खेलाडीलाई प्रतिव्यक्ति २० हजार, समूहगत इभेन्टमा रजत पदक विजेता ३६ जना खेलाडीलाई प्रतिव्यक्ति १२ हजार, समूहगत इभेन्टमा काश्य पदक विजेता १२ जनालाई प्रतिव्यक्ति ८ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका स्वर्ण पदक विजेता खेलाडीका ६ जना प्रशिक्षकलाई व्यक्तिगत १५ हजार, रजत पदक विजेता खेलाडीका ८ जना प्रशिक्षकलाई व्यक्तिगत २५ हजार, काश्य पदक विजेता खेलाडीका ५ जना प्रशिक्षकलाई व्यक्तिगत १० हजार, टी–२० विश्व कप नेत्रहिन क्रिकेट प्रतियोगितामा भाग लिएका चार जना खेलाडीलाई प्रतिखेलाडी ५० हजार रुपैयाँले सम्मान गरिएको हो । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमले खेलाडीहरुलाई सम्मान गरेर प्रदेशले हौसला थपेको बताए ।


Leave a Reply